Sajhamanch Archive

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *