Sajhamanch Archive

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

२० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।

क्वारेन्टिनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई पाल्पास्थित मिसन अस्पतालमा भर्ना गरिएको थियो। ती पुरूषमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *