Sajhamanch Archive

चौरजहारीको घटना : थप सात जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा जोडिएका थप सात जना स्थानीय पक्राउ परेका छन्।

घटनाको थप अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

तर मृतकको परिवारबाट किटानी जाहेरी परेका २ जना अझै फरार छन्। मृतक परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जसमा १८ जना यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरुलाई आजै थप १० दिनको म्याद थप गरिएको छ ।

अनुसन्धानका लागि ११ दिनको म्याद थप माग गरिएको थियो। तर जिल्ला अदालत रुकुम पश्चिमबाट १० दिनको म्याद थप गरिएको श्रेस्तेदार कृतबहादुर बोहोराले जानकारी दिए ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *