Sajhamanch Archive

जनता पेन्ट्सको वार्षिकोत्सवमा उत्कृष्ट डिलरलाई गोल्ड मेडल

Published: in अर्थतन्त्र by .

बिर्तामोड । झापाको मेचीनगर ६ मा रहेको जनता पेन्ट्स उद्योगले आज बिर्तामोडमा विविध कार्यक्रम गरेर आफ्नो छैटौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

प्रदेश नं. १ को मेची, कोशीका विभिन्न जिल्लाहरुसहित गाईघाट, बर्दिवास, सिन्धुली र पोखरासम्म बजार बिस्तार गरेको उद्योगले डिलर तथा डिस्ट्रीब्युटर्सहरुको भेला गरी वार्षिकोत्सव मनाएको हो ।

उद्योगका इटहरी ब्रान्च मेनेजर खेमराज फुयाँलले दिएको जानकारी अनुसार वार्षिकोत्सवका अवसरमा पाथीभरा ट्रेड कन्सर्न बिर्तामोडलाई यो वर्षको बेस्ट सेल्स डिलर्स अवार्ड प्रदान गरिएको छ ।

बेस्ट सेल्स डिलर्स अवार्डका रुपमा गोल्ड मेडल प्राप्त गर्ने पाथीभरा ट्रेड कन्सर्नलाई २ तोला सुनको मेडल प्रदान गरिएको फुयाँलले जनाए । यसैगरी उद्योगमा कार्यरत १७ जना कर्मचारीमध्ये दुईजनालाई बेस्ट इम्प्लोई अवार्ड प्रदान गरिएको छ ।

बेस्ट इम्प्लोई अवार्ड प्राप्त गर्ने कर्मचारीहरुमा कमल भट्टराई र सीता बाँस्तोला रहेको जनाइएको छ ।

उद्योगका प्रबन्ध निर्देशक भेषराज कोइरालाको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा उद्योगले यसवर्षदेखि आम्दानीको ३ प्रतिशत रकम सामाजिक सेवा कार्यमा खर्च गर्ने घोषणा गरिएको छ ।

व्यवसायी तथा सामाजिक व्यक्तित्व नारदप्रसाद खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कर्मचारी, डिस्ट्रीब्युटर्स तथा डिलरहरुलाई सम्मान गरिएको हो ।

सो अवसरमा प्रबन्ध निर्देशक कोइरालाले उद्योगका उत्पादन तथा भावी योजना सम्बन्धी जानकारी गराएका थिए ।

हाल जनता पेन्ट्सले डिस्टेम्पर, प्राइमर, इमल्सन, इनामेलआदि उत्पादन गरी बिक्री वितरण गरिरहेको सञ्चालक मध्येका एक उमेश पाण्डेले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *