Sajhamanch Archive

वातावरण जोगाउन युवाको भूमिका महत्वपूर्ण

Published: in विचार/ब्लग, by .

आज ४६औं विश्व वातावरण दिवस, विश्वभर मनाइँदै छ । स्वस्थ वातावरण प्रदुषण रहित समाजको परिकल्पना हो । दिन प्रतिदिन जलवायुमा परिवर्तन आइरहेको छ । रुख बिरुवा मासिँदै छन् । जैविक विविधताको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । रुख बिरुवा रोपेर वातावरणलाई जोगाउन आवश्यक छ ।

वातावरण दिवस किन मान्ने हो भने पृथ्वीको तापमान बढिरहेको छ । साथै वातावरण प्रदूषण मानव जातिसँगै सबै जीवजन्तुका लागि खतरा भइरहेको देखिन्छ । जसकारण जीवजन्तुहरू लोप हुँदै जाने खतरा हुन्छ भने मानिसलाई पनि श्वास प्रश्वासमा गम्भीर समस्या निम्त्याउन सक्छ। यसको कारण वातावरणमा भइरहेको क्षति हो । जसको प्रभाव धेरै वन्यजन्तुमा पर्न शुरू भइसकेको छ । विस्तारै मानव जातिसम्म पनि पुग्छ । हामी आफैं आफ्नो वातावरणको ख्याल राखेनौं भने हामीलाई बाँच्न गाह्रो पर्छ। यसैकारण वातावरणप्रति मानिसहरूको जागरुकता कायम गर्नका लागि हरेक वर्ष अंग्रेजी महिनाको जुन ५ तारिकमा यो दिवस मनाइन्छ ।

वातावरण दिवस विभिन्न संघ–संस्थाले विभिन्न कार्यक्रम गरेर मनाउने गर्छन् । अरु दिनमा वातावरण संरक्षणप्रति खासै ध्यान दिएको पाइन्न तर दिवस मनाउन चाहिँ हाम्रो अग्रसरता लोभलाग्दो हुनेगर्छ । हामी बसेको वातावरण स्वस्थ सफा राख्नु हाम्रो जिम्मेवारी हो । हामीहरुको घरबाट निस्केको फोहोर मैला पनि सहिरूपमा व्यवस्थापन गर्न सकिरहेको छैनौं । जसले वातावरणलाई प्रत्यक्ष असर गरेको छ । दिनानु दिन रुख बिरुवा काटिँदै छन् । हामी बसेको ठाउँ परिवेशमा प्रदुषण बढेको बढ्यौ छ । वायु प्रदुषण, ध्वनि प्रदुषण, कलखाना उद्योगबाट निस्केको धुवाँ धुलोले हामी बसेको वातावरणलाई प्रदुषण गरिरहेको छ ।

त्यसैले रुख विरुवा रोपौं, विश्वको वातावरणलाई जोगाऔं भन्ने ध्येयसहित अघि बढ्ने बेला आएको छ । वातावरण शुद्ध भयो भने जैविक विविधता र पशुपंक्षी संरक्षणमा टेवा पुग्छ । वातावरण जोगाउनु हाम्रो जिम्मेवारी र कर्तव्य पनि हो । आज देशभरि नै वातावरण सरक्षणको निमित्त ठाउँ ठाउँमा वृक्षारोपण गरेर मनाइँदै छ । यसमा हामीले साथ सहयोग गर्नुपर्ने जरुरी छ ।

वातावरण संरक्षणमा युवा वर्गको ठूलो हात हुन्छ । हामी जस्तो युवाले नै वृक्षारोपणको अभियान चलाएर तथा जैविक विविधताको संरक्षणका लागि वातावरण संरक्षणमा भूमिका निर्वाह गर्न सक्छौ । यसतर्फ आजको दिनले सबै युवालाई लाग्न प्रेरित गरोस् । विश्व वातावरण दिवस, जुन ५ को अवसरमा मेरो पनि सबैलाई शुभकामना ।

(वैदेशिक रोजगरीको शिलशिलामा हाल दुबईमा रहेका लेखक संग्रौला बिर्तामोडका स्थायी बासिन्दा हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *