Sajhamanch Archive

रुकुम घटना छानबिन गर्न संसदीय समिति गठन गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

काठमाण्डौ । रुकुममा घटेको घटना छानबिन गर्न संसदीय समिति गठन गरिने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा यसबारे जानकारी दिएका हुन् ।

संसदमा उक्त घटनाबारे कुरा उठिरहेको हुँदा त्यसलाई सम्बोधन गर्न विशेष संसदीय समिति गठन गरिने उनले बताए ।

सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफलपश्चात् उक्त घटनाकाे अध्ययन र अनुगमन गर्न संसदीय समिति गठन गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ मा जेठ १० गते घटेको घटनाबारे संसदमा कुरा उठेको हुँदा यो विषयलाई सम्बोधन गर्न उक्त घटनाको सम्बन्धमा अध्ययन तथा अनुगमन गरी प्रतिनिधिसभामा प्रतिवेदन पेस गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग आवश्यक छलफलपश्चात् प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने व्यहोरा जानकारी गराउँछु ।’

त्यसअघि बैठकमा बाेल्दै कांग्रेस सांसद पुष्पा भुसाल गाैतमले रुकुममा भएकाे अमानवीय घटनामा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *