Sajhamanch Archive

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार by .

प्रदेश–१ को नीति तथा कार्यक्रम

Posted by Janata Times on Friday, 5 June 2020

बिराटनगर । प्रदेश १ को संसदमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरिँदैछ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा निम्न विशेषता छन् ।

राजश्वमा पर्ने दबावका कारण खर्च घटाउने प्रस्ताव ।

सहकारी प्रणालीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने ।

महामारीबाट बढी प्रभावित हुने उमेर समूह र समुदायका लागि विशेष प्याकेज ल्याइने ।

प्रदेश १ मा कोरोनाका कारण परेको असर र प्रभावलाई बुझेर करको दरमा समुचित नीति बनाइने ।

एक जिल्ला एक उद्योगको स्थापना गरिने । स्थानीय सरकार र निजी क्षेत्रसमेतको सहकार्यमा दोहोरो नपर्ने गरी उद्योग स्थापना गरिने ।

प्रदेशका युवालाई उत्पादनशील काममा लगाउन उचित प्रबन्ध गरिने

थ्रीपीमा आधारित प्रादेशिक वहुप्राविधिक स्वास्थ्य केन्द्र निर्माणको सम्भाव्यता

कोरोना प्रभावित ब्यवसाय प्रवद्र्धनका लागि ४५ करोडको राहतको घोषणा ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *