र्याच फेमिली ट्रष्टद्वारा राहत वितरण
Published: (Updated: )
by .बुद्धशान्ति । विश्वभर फैलिएको कोरोना भाइरसले विश्व नै आक्रान्त पारेर मुलुक गत चैत११ देखि निरन्तर बन्दाबन्दी भएको अवस्थामा छ । यस बन्दाबन्दिको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवार भोकभोकै रहनु नपरोस् भनी एक सामाजिक संस्थाले झापाको बुद्धशान्ति गाउँपालिकालाई आफ्ना नागरिकलाई बाड्न राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
र्याच फेमिली ट्रष्ट नामक सामाजिक संस्थाले शुक्रबार राहत हस्तान्तरण गरेको छ । गाउँपालिकामा नै गएर बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई सितारमेश बहुमुखी क्याम्पसका प्रमुख तथा संस्थाका झापा प्रतिनिधि केशब ढुंगेलले हस्तान्तरण गरेका थिए ।
खाद्यान्न सामाग्री गाउँपालिकाले तय गरे बमोजिमको चामल, तेल, नुन, दाल, साबुन रहेको सितारमेश क्याम्पस बुद्धशान्तिका प्रमुख तथा संस्थाका झापा प्रतिनिधि ढुंगेलको भनाई छ । जुन प्रती परिवार २५ केजिका दरले ६५ परिवारलाई पुग्ने जनाईएको छ ।
खाद्यान्न सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष भुजेलले संस्थाको खुलेर प्रशंसा गरेका थिए । उनले बन्दाबन्दिको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवारलाई केही मात्रामा सहज होस् भनेर सहयोग गरेकोमा धन्यवाद दिएका थिए । उनले सामग्री बुझ्दै उक्त राहत सामाग्री वडागत रूपमा वितरण गर्ने बताएका छन् ।
स्थानीय सरकारलाई राहत वितरणमा थोरै भएपनि सहयोग पुग्ने र आफुपनि बुद्धशान्तिकै नागरिक भएको कारणले आफ्नै गाउँठाउँमा सहयोग गर्न पाउँदा खुसी भएको र्याच फेमिली ट्रष्टकि निर्देशक नबिना विश्वकर्माले बताएकी छिन् ।
उनले यस राहत कार्यक्रममा बित्तीय सहयोग पुर्याउने र्याच फेमिली ट्रष्टका सिईओ रबि रोचलाई विशेष धन्यवाद दिएकि थिईन । यसअघि पनि संस्थाले नेपाल, भारत, पाकिस्तान, माल्दिप्स् लगायतका देशहरुमा सहयोग गरि सकेको र आगामी दिनमा समेत गर्दै लैजाने बताएकि छिन् ।
Comments