Sajhamanch Archive

रोनाल्डो बने विश्वकै पहिलो बिलेनियर फुटबलर

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by .

एजेन्सी । फुटबल दुनियाँमा चर्चित नाम हो, क्रिष्ट्रियानो रोनाल्डो । उनै रोनाल्डो एक बिलियनभन्दा बढी कमाइ गर्ने पहिलो फुटबलर बनेका छन् ।

विजनेस म्यागजिन फोब्र्सको सूचीमा ३५ वर्षीय रोनाल्डो २०२० मा सर्वाधिक आम्दानी गर्ने सेलिब्रेटीमध्ये चौथो नम्बरमा छन् । उनीभन्दा अगाडि अमेरिकी मोडल तथा विजनेस पर्सन्यालिटी केली जेन्नर, अमेरिकी ¥यापर कान्य वेस्ट र स्विस टेनिस स्टार रोजर फेडेरर छन् ।

गत वर्ष उनले कर कटौती नगरी १ सय ५ मिलियन आम्दानी गरेको विश्लेषकहरुको अनुमान छ । यससँगै उनको करियरको कुल कमाई १ बिलियन पुगेको हो ।

सक्रिय खेलाडी जीवनमै १ बिलियन कमाउने उनी केवल तेस्रो व्यक्ति हुन् । यसअघि टाइगर उड्स र फ्लोइड मेइवेदरले पनि खेल जीवनकै क्रममा आफ्नो कुल कमाई १ बिलियन पु¥याएका थिए । यस सूचीअनुसार मेसीले पनि यस वर्ष १ सय ४ मिलियन अमेरिकी डलर कमाएका छन् ।

२००८ देखि २०१८ सम्म १० वर्ष निरन्तर बेलोन डि अरको अवार्ड यी दुई खेलाडीले मात्रै जितेका थिए । तत्कालीन समय मेसीको बार्सिलोनाले ७ पटक ला–लिगा उपाधि जित्यो भने रोनाल्डोको म्याड्रिडले चारपटक च्याम्पियन्स लिग जित्यो ।

रोनाल्डोले फुटबल मैदानबाहिर पनि आफ्नो ख्यातिलाई फैलाएका छन् । उनको नाममा सिआर ७ लाइभस्टायल ब्रान्ड र होटल चेन र पोर्चुगलस्थित गृहनगर माडेइरामा संग्रहालय पनि छ ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *