Sajhamanch Archive

कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।

उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।

डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका वडा नं.३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो ।

उनको उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *