Sajhamanch Archive

बेलझुण्डीबाट १० संक्रमित डिस्चार्ज्ड, ५ जना कोरोनासँगै फर्किए घर

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा उपचाररत १० जना आइतबार डिस्चार्ज्ड भएर घर फर्किएका छन्।

जिल्ला कोरोना फोकल पर्सन कलम चन्दका अनुसार बाँकेका ५, बर्दियाका १, कपिलवस्तुका २ र दाङका २ जना आइतबार डिस्चार्ज्ड भएका हुन।

दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका १-१ जना डिस्चार्ज्ड भएका चन्दले जानकारी दिए। रिपोर्ट अनुसार डिस्चार्ज्ड हुनेमध्ये घोराही उपमहानगरपालिका-३ का ३७ वर्षीय युवा कोरोनामुक्त छन्।

त्यस्तै बाँकेको नरैनापुर गाउँपालिकाका ३ र बर्दियाका एक जनाको रिपोर्ट नेगेटिभ आएको बेलझुण्डी कोरोना विषेश अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए।

स्रोतका अनुसार आइतबार डिस्चार्ज्ड भएकामध्ये ५ जनाको कोरोना रिपोर्ट पोजेटिभ नै आए पनि डिस्चार्ज्ड गरिएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार रिपोर्ट पोजेटिभ नै रहे पनि ५ जनालाई डिस्चार्ज्ड गरिएको शर्माले जानकारी दिए।

मन्त्रालयले जेठ २० गते जारी गरेको निर्देशनमा आइसोलेनमा १० दिनभन्दा बढी समय बस्दै आएका तर कुनै पनि लक्षण नभएका व्यक्तिलाई डिस्चार्ज्ड गर्न निर्देशिका जारी गरेको छ। कुनै लक्षण नभएका तर १० दिनभन्दा बढी समय आइसोलेसनमा बसेका बिरामीबाट अरूमा कोरोनाभाइरस सर्न सक्दैन भन्ने मान्यताअनुरूप स्वास्थ्य मन्त्रालयले त्यस्तो निर्देशिका जारी गरेको छ।

अस्पतालका हेल्थ असिष्टेन्ट द्रोण ओलीले रिपोर्ट पोजेटिभ नै भएपछि डिस्चार्ज्ड गरिएकाहरू अस्पतालमा १८-१९ दिन बसे पनि कुनै लक्षण नदेखिएकाहरू हुन।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *