Sajhamanch Archive

चीनमा भेटिए ६ नयाँ संक्रमित

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । पछिल्लो २४ घण्टामा चीनमा कोरोनाभाइरसका ६ नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६ जनामध्ये पाँचजना संक्रमितमा कुनै लक्षण देखिएका थिएनन् ।

रोयटर्सका अनुसार एकदिन अघि मात्रै तीन नयाँ संक्रमित भेटिएका थिए । नेशनल हेल्थ कमिशनका अनुसार पाँचजनामा कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन् ।

जोन्स होपकिन्स युनिभर्सिटीको वेबसाइटमा भएको जानकारी अनुसार चीनमा ८३ हजार बढि संक्रमित भेटिएका छन् । यहाँ हालसम्म ४ हजार ६ सय ३४ को मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *