Sajhamanch Archive

विवाहभन्दा पहिले नै गर्भवती भएका बलिउडका अभिनेत्री

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by .

एजेन्सी । बलिउडदेखि हलिउडसम्म नै अभिनेत्रीहरुले विवाह अगाडि नै बच्चा जन्माएका छन् । यी अभिनेत्रीहरुले आफ्नो प्रेमसम्बन्धलाई नै निकै मजबुत ठाने र विवाहलाई एक औपचारिकता मात्रै सम्झे । त्यसकारण यी अभिनेत्रीहरुले आफू गर्भवती भएको कुरा कसैलाई लुकाएनन् । र दुनियाँको अगाडि गर्भवती भएको र बच्चा जन्माएको कुरा खुलेर बताए ।

नताशा स्तानकोविक

हार्दिक पाण्डेय र नताशा स्तानकोविक विवाह अगाडि नै बाबुआमा बन्न लागेका छन् । केही समय अगाडि मात्रै इन्गेजमेन्ट गरेको समाचार बाहिरिएसँगै उनीहरुले आफूहरु बाबुआमा बन्न लागेको समेत खुलाएका हुन् ।

ब्रुना अब्दुला

जोन अब्राहमसँग ‘चंद’ फिल्ममा अभिनय गरेकी अभिनेत्री ब्रुना अब्दुल्ला विवाह अगाडि नै आमा बनेकी हुन् । उनले गर्भवती भएको समयमा सामाजिक सञ्जालमा लगातार बेबी बम्पको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

कल्कि कोचलिन

पछिल्लो समय ‘सेक्रेट गेम्स’ वेभ सीरीजमा देखिएकी कल्की कोचलिनले पनि विवाह अगाडि नै बच्चा जन्माएकी हुन् । उनले आमा बन्नुको अनुभव निकै उत्कृष्ट तरिकाले सामाजिक सञ्जालमा बताएकी थिइन् ।

गाब्रियला

अभिनेता अर्जुन रामपालकी प्रेमिका गाब्रियलाले अघिल्लो महिना १८ जुलाईमा बच्चा जन्माइन् । उनले अर्जुन रामपालसँग विवाह गरेकी छैनन् ।

एमी ज्याकसन

अभिनेत्री एमी ज्याकसनले पनि विवाहपूर्व आमा बन्ने अनुभव बटुलेकी थिइन् ।

स्रोत  : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *