Sajhamanch Archive

उपप्रमुखमा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by .

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपप्रमुख विकले आफूमा कोरोना संक्रमण पुष्टि भएको बताए । ‘जनताको सेवामा लाग्दा लाग्दै संक्रमित भएछु । संक्रमण पुष्टि भएसँगै घरमै आराम गरेर बसेको छु,’ उनले भने, ‘आत्मबल बलियो बनाएर बसेको छु । तातोपानी र जडीबुटी खाएर कोरोनालाई जित्छु । अहिले मेरो स्वास्थ्य सामान्य छ, निको भएर जनताको सेवामा फेरि लाग्छु ।’

‘भारतको गुजरातमा मजदुरी गरेर घर फर्कने क्रममा जेठ १० गते बाटोमै भूमिकास्थान नगरपालिका–९ चरेपानीका एक युवकको मृत्यु भएको थियो । म पनि उनको शव व्यवस्थापनमा खटिएको थिएँ,’ उनले भने, ‘मृतक युवक आएकै बसमा सन्धिखर्कका अन्य स्थानीयहरु पनि आएका थिए । गुजरातबाट दुई वटा बसमा सँगसँगै आएका गाउँलेलाई क्वारेन्टिनमा राख्ने व्यवस्थापनमा पनि म सक्रिय थिएँ । त्यही क्रममा आफू पनि संक्रमित भएँ कि जस्तो अहिले लाग्छ ।’

उपप्रमुख सहित सन्धीखर्क नगरपालिकाका सोमबार २९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै शितगंगा नगरपालिका र पाँडिनी गाउँपालिकाका एकरएक जना संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *