Sajhamanch Archive

भैंसीफर्ममा काम गर्ने पाँच जनाको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by .

रुपन्देही । रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा पाँच जनाको हत्या भएको छ।

कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने पाँच जनाको हत्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिए।

स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने पाँच जना अन्य कामदारको हत्या गरि फरार भएको थापाले जानकारी दिए। मृतकहरु को को हुन् भन्ने खुलेको छैन।

‘गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा छ, अहिले विहान विभत्स दृश्य देखेपछि मंगलापुर प्रहरी चौकीलाई खबर गरिएको छ र प्रहरी घटनास्थलतर्फ आउँदै छ’, थापाले भने।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीले प्रहरी अहिले घटनास्थल जाँदै गरेको बताएका छन्। ‘विस्तृत घटनास्थल पुगेर भनौंला, पाँचजनाको हत्या भएको खबर पाएपछि हामी घटनास्थल जादै छौ’ उनले भने।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *