Sajhamanch Archive

क्‍वारेन्टाइनमा वडाअध्यक्ष माथि हातपात

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह by .

दैलेख । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ११ स्थित क्‍वारेन्टाइनमा बसेकाहरूले वडाअध्यक्षमाथि आक्रमण गरेका छन्।

स्थानीय भैरव प्राथमिक विद्यालयको क्‍वारेन्टाइनमा बसेका ६ जनाको टोलीले आफूमाथि कुटपिट गरेको वडाअध्यक्ष खगेन्द्र थापाले जानकारी दिएका छन्।

चामल सकियो भन्दै फोन गरेर बोलाएर आफूमाथि नियोजितरुपमा हातपात भएको थापाले बताए। ती युवाहरुको समूहले घटनाअघि आफूहरूलाई राम्रो चामलको ब्यवस्था नभएको गुनासो गरेका थापाले जानकारी दिए।

थापाले यसको निश्पक्ष छानविन र दोषीलाई कारवाही माग गरेका छन्। आक्रमणपछि इलाका प्रहरी कार्यालय दूल्लुको टोलीले उनको उद्दार गरेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। जिल्लामा क्‍वारेन्टाइनमा खटिने जनप्रतिनिधि र कर्मचारीमाथि आक्रमणका घटना बढ्दै गएको छ।

केही समयअघि भैरवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापामाथि पनि आक्रमण भएको थियो।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *