अर्जुनधाराको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत
Published: (Updated: )
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले बार्षिक नीति तथा कार्यक्रम तयार गरेको छ ।
अर्जुनधारा नगर कृषि, पर्यटन, शिक्षा र वातावरण मैत्री सहर भन्ने मुल नारालाई अंगिकार गरेर बार्षिक कार्यक्रम शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । नगर सभाको बैठकबाट पारित निर्णयहरुलाई नगर प्रमुख हरिकुमार रानाले सार्वजनिक गरेका हुन्।
जसमा सवै वडाका नीति कार्यक्रम संलग्न रहेको, नगरका सवै विशेष निर्णयहरु संलग्न राखी, नगरबाट पारित आर्थिक विधेयक र नगरभित्रका सम्पूर्ण विनियोजन विधेयक संलग्न रहेको प्रतिवेदनलाई प्रमुख रानाले प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७५। ०७६ को विनियोजित कुल रकम ५८ करोड ५८ लाख ८१ हजार रुपैंया रहेको जस्मा चालु खर्च ७ करोड ४४ लाख ९५ हजार रुयैंया, पुंजीगत खर्चतर्फ २२ करोड ३४ लाख ८६ हजार रुपैंया रहेको बजेटको खाका प्रस्तुत गरेका थिए ।
उनले सशर्त अनुदानमा १६ करोड २७ लाख रुपैंया, सडक बोर्डमा ५२ लाख रुपैंया, सामाजिक सुरक्षा भत्तामा १२ करोड विनियोजन गरेको बजेट सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले तयार गरेको प्रमुख नीति तथा कार्यक्रम वडा नं ६ का वडा अध्यक्ष लोकनाथ गौतमले प्रस्तुत गरेका थिए । जस्मा प्रमुख रुपमा उद्योगको विकाश विस्तार कृषिको आधुनिकरण, बाटाहरुको स्तर उन्नती, धार्मिक स्थलको संरक्षण प्रचार प्रसार, र व्यवसायिक शिक्षामा जोड दिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थिए ।
कार्यक्रममा नगर प्रवक्ता सकुन्तला बरालले नगर कार्यपालिका बैठकले गरेको निर्णयहरुलाई प्रस्तुत गरेकी थिइन् । शनिश्चरे बजार व्यवस्थापन, स्तरीय बाटाको कालोपत्रे शनिश्चरे बजारबाट खुदुनाबारीसम्म, ६ नं. वडाको महानन्द चोकबाट जयपुसम्म, सबै बाटाहरुमा चार–चार फुटको नाला निर्माण गर्ने, शनिश्चरेबाट अर्जुनधारा मन्दिर हुँदै डाडागाउँ जाने काटो कालपत्रे गर्ने, विपतको व्यवस्थापन गर्ने, सञ्चार माध्यमलाई प्रचार प्रशार गरेवापत केही रकम उपलव्ध गराउँने, नदीहरुलाई व्यवस्थित गर्न लगायतका निर्णयहरुलाई प्रवक्ता बरालले प्रस्तुत गरेकी थिइन् ।
नगरप्रमुख रानाले नगर धार्मिक र पर्यटकीय नगर भएकाले जलेश्वर धाम, साकम्वरी धाम, सहीद पार्क , सुखानी जङगल, कैदले वन बाटिका बनाउने र फाल्गनन्दको स्मारिका बनाउने तथा सवै क्षेत्रलाई विकास र बिस्तार गरेर लैजाने बताए ।
Comments