Sajhamanch Archive

इलाममा पहिलोपटक कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । प्रदेश १ को इलाम जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । इलामको सूर्योदय नगरपालिकाको क्वारेन्टाइनमा रहेका छब्बिस बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा उनको पिसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनी केहीदिन अघि भारतको चेन्नईबाट आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *