Sajhamanch Archive

कुटाकुट हुँदा एक युवाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

खोटाङ । कुटाकुट हुँदा खोटाङमा एक युवाको मृत्यु भएको छ।

झगडाका क्रममा कुटाकुट हुँदा खोटेहाङ गाउँपालिका वडा नं.३ सावाकटहरे मझुवाका २७ वर्षीय सन्तोष राईको मृत्यु भएको हो।

सोमबार साँझ कुटिएपछि घाइते भएका सन्तोष सुताएकै ठाउँमा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए।

कुटपिटपछि घाइते भएका राईलाई घट्नामै संलग्न लालबहादुर सुनुवारको घरमा लगेर राखिएकोमा बिहान मृत्यु भएको स्थानीयले बताएका छन्। झगडामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

युवाबीचमा तीनडाँडास्थित एक स्थानीयको घरमा झगडा भएको थियो। उनीहरुबीचमा भएको झगडाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *