Sajhamanch Archive

तीन बालिकामाथि बलात्कार गरेको आरोपमा चार पक्राउ, एक फरार

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

कैलाली । कैलालीमा तीन जना बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

मंगलबार टिकापुर नगरपालिका वडा नं.१ स्थित रानी कुलो किनारमा १४ वर्षका तीन बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टका अनुसार ती बालिकाहरूलाई डर धम्की देखाई जवरजस्ती करणी गरी उनीहरु फरार भएका थिए।

उक्त घटनाको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिहरुको खोजी सुरू गरेको थियो। सोअनुसार प्रहरीले सोही ठाउँ बस्ने १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दिपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दिपक ठकुल्लालाई पक्राउ गरेको हो।

साथै अर्का एक जना फरार रहेको डिएसपी विष्टले बताएका छन्। ‘एक जना फरार रहेकाले हामीले नाम सार्वजनिक गरेका छैनौं,’ उनले भने, ‘खोजी भइरहेको छ।’

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *