बिर्तामोड नगरपालिका झापाको सूचना
Published: (Updated: )
by .बिर्तामोड नगरपालिका झापाको कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित सूचना मितिः २०७७/०२/२६
बिर्तामोड नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोस चारपानेको साझेदारीमा तपशिल अनुसारको अनुदान कार्यक्रम सञ्चालन हुने भएकाले यो सूचाना प्रकाशन गरिएको छ । इच्छुक कुखुरापालक कृषक तथा व्यवसायीहरुले सूचना प्रकाशन भएको मितिले १५ दिन (२०७७/०३/०८ गते) भित्र कार्यालय समयमा उपस्थित भई रितपूर्वक प्रस्ताव पेश गर्नुहुन अनुरोध छ ।
तपशिलः
क्र.स. | कार्यक्रमहरु | संख्या | बिर्तामोड नगरपालिका र सहारा नेपाल बाट (प्रति मेसिन खरिदमा) दिइने अनुदान रकम रु. |
१ | Hatching Machine खरिद | २ | १००,०००।– |
२ | Generator खरिद | २ | ५०,०००।– |
आवश्यक कागजातहरुः
१. सूचना बमोजिमको निवेदन १ थान
२. नगरिकताको फोटोकपी १ थान
३. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी १ थान
४. जग्गा धनीपूर्जाको कपी/जग्गा भाडामा भए कम्तिमा १० वर्षको सम्झौता पत्रको प्रतिलिपि १ थान
५. वडा कार्यालयको सिफारिस १ थान
विस्तृत जानकारीका लागिः कार्यालयको फोन ०२३–५४६६७३ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
Comments