Sajhamanch Archive

बिर्तामोड नगरपालिका झापाको सूचना

Published: (Updated: ) in विज्ञापन, स्थानीय तह by .

बिर्तामोड नगरपालिका झापाको कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना

 

प्रथम पटक प्रकाशित सूचना मितिः २०७७/०२/२६

बिर्तामोड नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोस चारपानेको साझेदारीमा तपशिल अनुसारको अनुदान कार्यक्रम सञ्चालन हुने भएकाले यो सूचाना प्रकाशन गरिएको छ । इच्छुक कुखुरापालक कृषक तथा व्यवसायीहरुले सूचना प्रकाशन भएको मितिले १५ दिन (२०७७/०३/०८ गते) भित्र कार्यालय समयमा उपस्थित भई रितपूर्वक प्रस्ताव पेश गर्नुहुन अनुरोध छ ।

तपशिलः

क्र.स. कार्यक्रमहरु  संख्या बिर्तामोड नगरपालिका र सहारा नेपाल
बाट (प्रति मेसिन खरिदमा) दिइने अनुदान
रकम रु.
Hatching Machine खरिद १००,०००।–
Generator खरिद  ५०,०००।–

आवश्यक कागजातहरुः

१. सूचना बमोजिमको निवेदन  १ थान
२. नगरिकताको फोटोकपी  १ थान
३. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी  १ थान
४. जग्गा धनीपूर्जाको कपी/जग्गा भाडामा भए कम्तिमा १० वर्षको सम्झौता पत्रको प्रतिलिपि  १ थान
५. वडा कार्यालयको सिफारिस  १ थान

विस्तृत जानकारीका लागिः कार्यालयको फोन ०२३–५४६६७३ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

पशुपति खतिवडा
प्रमुख प्रशासकीय अधिकृत

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *