Sajhamanch Archive

पहिरोले पुरिएर दुई जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका वडा नं.६ रायखोरमा गएराति पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीकाअनुसार ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया छोरी रोशनीको पहिरोले परिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माकाअनुसार मंगलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठमा लेदोसहितको पहिरो आएपछि गोठ नै पुरिएको हो। गोठमा सुतिरहेका उनीहरु अचानक गोठ माथिबाट पहिरो आएपछि बाहिर निस्कन नसक्दो पहिरोले पुरिएका हुन्।

पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयबासीले हमाया र रोशनीलाई मृत फेला पारेका प्रहरी निरीक्षक शर्माले बताए।

पहिरोले परिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको कच्ची गोठमा रहेका अन्नपात, भाडाबर्तनलगायत सबै नष्ट भएको छ। पशु चौपायको भने क्षति भएको छैन्। थप उद्दार र अनुसन्धानका लागि अहिले बिहान प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *