Sajhamanch Archive

अर्थमन्त्रीले भने, ‘राजनीति अलि क्रुर र निर्दयी हुन्छ भन्थे, अनुभव हुँदैछ’

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट निर्माणका क्रममा करका दरको सूचना चुहावट भएको भए छानबिन गर्न सकिने बताएका छन् ।

संघीय संसद् प्रतिनिधिसभाको आज ९बुधबार० को बैठकमा ‘आर्थिक विधेयक २०७७’ माथिको सामान्य छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै विद्युतीय सवारीको कर बढाउने विषयमा चुहावट भए–नभएको छानबिन गर्न सकिने बताएका हुन् ।

विधेयकमाथिको सामान्य छलफलका क्रममा सांसदहरूले बजेट सार्वजनिक हुनुभन्दा पहिले नै विद्युतीय सवारीसाधनमा कर बढाउने विषय चुहावट गरिएको भन्दै प्रश्न गरेका थिए ।

अर्थमन्त्री खतिवडाले जेठ १ देखि ७ गतेसम्म ७५ वटा र १६ गतेसम्म १९ वटा विद्युतीय गाडी भन्सारबाट छुटेको र कुनै पनि व्यावसायिक घरानाको प्रभावमा परी कर बढाउने विषय चुहावट नभएको स्पष्ट पारेका छन् ।

उनले करको चुहावट गरी विद्युतीय गाडी छुटाइएको भन्दै अर्थ मन्त्रालको व्यावसायिकता र व्यक्तिको चरित्रसँग जोडेर भ्रामक कुरा नगर्न आग्रह समेत गरे । सांसदहरु करको विषयलाई लिएर एक व्यावसायिक घरानासँग आफ्नो नाम जोडिएको प्रति जवाफ दिँदै भने, ‘राजनीति अलि क्रुर, निर्दयी हुन्छ भन्थे, अनुभव हुँदैछ । सम्भवतः इमानदारिताको परीक्षा पनि हुँदैछ ।’

उनले जीवनमा कहिलेकाहीं छिटा लगाउन खोजिने तर त्यस विषयमा संसदमा मात्र नभएर बाहिर र आफ्नो लामो सार्वजनिक जीवनका विगत र आउने दिन समेत हेर्न आग्रह गरे ।

‘केही माननीय सदस्यले व्यवसायी घरानासँग जोडेर पनि कुरा उठाउनु भयो,’ अर्थमन्त्री खतिवडाले भने, ‘मेरो इतिहास थाहा पाउने मित्रले पनि उठाउनु भयो, सायद राजनीतिक धार फरक भएर मात्र हो भन्ने मैले बुझेको छु । अन्यथा उहाँले राम्रो चिन्नु हुन्छ र यस्तो धारणा राख्नु हुन्न ।’

उनले करको विषय कसैले चुहाएको रहेछ भने त्यसलाई छानबिन गर्न सकिने उल्लेख गरेका छन् ।
उनले भने, ‘यसलाई कुनै व्यक्तिको निष्ठासँग जोडेर अर्थ मन्त्रालयको व्यावसायिकतासँग जोडेर व्यक्तिको चरित्रसँग जोडेर यसरी व्याख्या गर्दा अन्याय पनि त हुँदो हो नि ।

यसको सबै विवरणहरू सिस्टममा छ, अर्थ मन्त्रालयको गाडीको विवरण सबै । माननीय सदस्यहरूलाई म देखाई दिन्छु कुन–कुन दिन कति गाडी छुटेका छन् भनेर । भ्रम नफैलाऔं यथार्थ कुरा त्यही नै हो ।’

अर्थमन्त्री खतिवडाले करका अंकहरू परिवर्तन १४ जेठको राति मात्रै हुने भएकाले चुहावट हुने कुनै ठाउँ नरहेको बताएका छन् । उनले आफ्नो दुई दशक लामो व्यावसायिक जीवनमा कुनै व्यावसायिक घरानाका लागि काम नगरेको र अब पनि नगर्ने स्पष्ट पारे ।

नयाँपेज बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *