Sajhamanch Archive

ढलले बगाएर एक जना वेपत्ता

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीमा बुधबार परेको भीषण बर्षासँंगै आएको बाढीबाट एकजना ट्रक चालकलाई ढल (मिनहोल वा ढ्वांग) बाट बगाएर बेपत्ता भएका छन्।

राजमार्ग अन्तर्गत सल्लाघारीबाट सूर्यविनायकतिर आउदै गरेको सिमेन्ट अनलोड गरी फर्केको टकका चालक वर्ष ५७ का नरबहादुर राउत बगेर बेपत्ता भएका हुन् ।

महानगरीय टाफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरका प्रमुख टाफिक सुमन न्यौपानेले बेपता राउतको खोजी कार्य जारी रहेको जनाए । उनका अनुसार ट्रक  मुख्यबाट नभई सर्भिस ट्याकबाट आइरहेको थियो । सर्भिस ट्याक नै नदेखिने गरी सडकमा बाढी आइरहँंदा मिनहोल (प्वाल) बाट पानी तल झरिरहेपछि  ट्रक डाइभर रावत गाडी फस्ला कि भनेर हेर्न पुगेका थिए । यही क्रममा उनी मिनहोलभित्र पुगेर बगेको जनाइएको छ ।

नागरिक दैनिक 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *