Sajhamanch Archive

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by .

विराटनगर । प्रदेश १ सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक केदार कार्की र सांसद शेखरचन्द्र थापाले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो ।

संघीय समाजवादी पार्टीका सांसद जयराम यादवले गरेको संशोधन प्रस्ताव स्वीकार गर्ने सरकारका तर्फबाट मुख्यमन्त्री शेरधन राईले जनाउ दिएपछि यादवले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संशोधन प्रस्तावहरू फिर्ता नलिएपछि बहुमतबाट ती प्रस्ताव अस्वीकृत गर्दै नीति तथा कार्यक्रम पनि बहुमतले पारित गरेको हो । सरकारका तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी “प्यासी” ले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका थिए । उनले सम्बोधनको क्रममा सभामुखको साटो माननीय सांसद भनेर सम्बोधन गरेको विषयमा समेत कांग्रेसले आपत्ति जनाएको थियो । यसलाई कमजोरी भएको भन्दै मुख्यमन्त्री राईले स्वीकार गरेका थिए ।

सदन सञ्चालनमा सबै जिम्मेवारी सभामुखको हुने र सदन पनि उनीप्रति नै जवाफदेही हुने कानुनी व्यवस्था छ । तर, प्रदेश प्रमुखले सभामुखलाई सम्बोधन गर्नुको साटो ‘माननी सदस्य’ भन्दै नीति तथा कार्यक्रम पढेका थिए । उनले पहिलो सम्बोधनमा पनि मानीनय सभामुखज्यू वा महोदय भन्ने सामान्य चलनको साटो ‘सभाका सभामुख’ मात्र भनेका थिए ।

स्रोत  : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *