Sajhamanch Archive

अर्जुनधारा नगरपालिका क्षेत्रमा बिहना ६ देखि दिउँसाे १२ बजेसम्म बजार खुल्ने

Published: in अर्थतन्त्र, स्थानीय तह by .

अर्जुनधारा । झापाकाे अर्जुनधारा नगरपालिका क्षेत्रमा स्वास्थ्य सावधानीसहित सुरक्षाकाे प्रबन्ध गरी बिहान ६ बजेदेखि १२ पसल ब्यवसाय सञ्चालन गर्ने सर्वपक्षीय निर्णय भएकाे छ ।

जेठ २७ गते जिल्ला समन्वय समिति झापामा सम्पन्न बैठककाे निर्णयसमेतकाे अाधारमा नगरपालिकामा अाज बुधबार बसेकाे सर्वदलीय बैठकले पसल व्यवसाय सञ्चालन गर्दा अनिवार्यरूपमा मूल्यसूचि टाँस गर्ने व्यवस्था मिलाउन पनि निर्देशन गरेकाे छ । बजारमा हुने कालाेबजारी, मूल्यवृद्धि लगायत अनुगमन गर्न नगरपालिकाकाे निर्णयप्रति उद्योग वाणिज्य संघलगायतले समन्वय गर्ने निर्णय समेत भएकाे छ ।

नगरपालिका भित्र रहेका हाेटल तथा लजहरूमा नेपाल सरकारले ताेकेकाे मापदण्ड अनुसार पैसा तिरेर बस्न चाहनेहरूका लागि नगरपालिकाले अावश्यक पहल गर्ने निर्णयसमेत गरेकाे जनाइएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *