Sajhamanch Archive

अस्पतालमा चोरी गरेको अभियोगमा डाक्टर पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by .

काठमाडौं । प्रहरीले चोरीमा संलग्न भएको अभियोगमा दुई जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेशकुमार शर्मा छन् ।

महानगरीय प्रहरी परिसर, जावलाखेलले चोरीमा संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरेको हो ।ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पक्राउ परेका दुवै जनामाथि चोरी सम्बन्धी कसूरमा म्याद थपेर विस्तृत अनुसन्धान थालिने अनलाइनखबरलाई बताए ।

उनले भने, ‘पाटन अस्पतालको पोटेबल अल्ट्रासाउण्ड मेसिन हराएको सूचना थियो, त्यसैमा उहाँहरुको संलग्नता देखिएको हो ।’

बानेश्वरबाट चोरिएको सामान बरामद

एसएसपी राईका अनुसार १७ जेठमा बिहान साढे ८ बजे अल्ट्रासाउण्ड सर्भिसिङ कम्पनीबाट भन्दै दुवै जना अस्पतालमा छिरेका थिए ।

आईसीयू कक्षमा केही नर्स पनि थिए । त्यतिवेला उनीहरुले पोर्टेबल अल्ट्रासाउण्ड मेसिन हेरेर जस्तो गरे । तर, कहीवेरमै नर्सको आँखा छलेर बाहिर भाग्न सफल भए ।

लगत्तै अस्पताल प्रशासनले ललितपुर प्रहरीमा घटनाबारे जानकारी दिएको थियो ।

अस्पतालमा क्लोज सर्किट (सीसी) क्यामरा नहुँदा प्रहरीलाई अनुसन्धानमा अफ्ठ्यारो परेको थियो । यद्यपि, महिलाले दिएको हुलियाका आधारमा खोजी गर्ने क्रममा प्रहरी दुई स्वास्थ्यकर्मीसम्म पुगेको राईले  बताए ।

उनका अनुसार बानेश्वरमा एक जना साथीको कोठामा उनीहरुले उपकरण लुकाएको पाइएको थियो । प्रारम्भिक सोधपुछमा उनीहरुले वर्दिवासमा रहेको आफ्नो पोलिक्लिनिकमा प्रयोगका लागि उपकरण लगेको बताएको प्रहरी दाबी छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *