आफ्नो जन्मदिनमा युएईका व्यवसायीको घोषणा, नेपालका सबै जिल्लामा प्राथमिक उपचारको तालिम दिने
Published: (Updated: )
by .युएई । युएईका एक व्यवसायीले नेपालका सबै जिल्लामा निःशुल्क प्राथमिक उपचार तालिम अन्तर्गत हालसम्म ४६ वटा जिल्लामा पुगेको र कोरोना भाइरसको कारण अबरुद्ध अभियानलाई निरन्तरता दिने भएका छन् ।
चितवन स्थायी घर भएका युएईका व्यावसायी ओम उप्रेतीले एक फाउन्डेसन गठन गर्ने र सोही फाउन्डेसनले हरेक जिल्लामा ३०÷३० जना विपत व्यवस्थापनमा सहयोगी भुमिका निर्वाह गर्ने जानकारी गराएका हुन् । उनले आफ्नो जन्म दिनको अवसरमा स्वयंसेवक (भोलिन्टियर) परिचालन गर्ने महत्वाकांक्षा परियोजना सार्वजनिक गरेका छन्।
सबै भोलिन्ट्यरलाई सात÷सात दिने प्राथमिक उपचारको अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तालिम प्रदान गर्ने र ती प्रशिक्षकहरुलाई जिल्लाका गाउँटोलसम्म तालिम दिन योग्य बनाइने बताइएको छ ।
फाउन्डेसनको नाम योगदान रास्ट्रको लागि रहने र यो फाउन्डेसनको संचालक समितिमा डा. रविन्द्र समीर, डा. सुबास घिमिरे, कलाकार निर्मल शर्मा, समाजसेवी श्याम कँडेल,समाजसेवी हेमन्त पौडेल, समाजसेवी बालगोपाल चुके, समाजसेवी राहुल कौशल, ललिता उप्रेती, अधिवक्ता कृष्णप्रसाद न्यौपाने र पत्रकार इन्द्र रिजाल लगायतका व्याक्तित्वहरु रहने यो अभियानका परिकल्पनाकार समेत रहेका उप्रेतीले जानकारी दिएका छन् ।
फाउन्डेसन स्थापनाको औपचारिक घोषणा गरेका उप्रेतीले विधान लेखन कार्य अन्तिम चरणमा पुगेको बताएका छन् भने फाउन्डेसन दर्ता प्रक्रिया, कार्यालय स्थापनाका कामहरुको जिम्मेवारी बाँडफाँट भएको जानकारी दिएका छन् ।
Comments