Sajhamanch Archive

छिटो ऋण नतिरे धितो लिलाम गर्ने निजी बैंक तथा वित्तीय संस्थाको धम्की

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

भद्रपुर । निजी बैंक तथा वित्तीय संस्थाहरूले सरकारको निर्देशन विपरीत ऋण कारोबारी सदस्यहरूलाई छिटोभन्दा छिटो ऋण नतिरे धितो लिलाम गर्ने धम्की दिन थालेको गुनासो बढेको छ ।

झापा सदरमुकाम भद्रपुर—चन्द्रगढीमा सञ्चालित अधिकांश निजी बैंक तथा बित्तीय संस्थाहरूले ऋण कारोवार गर्ने सदस्यहरूलाई तिर्नु पर्ने मासिक व्याज, किस्ता नतिरे धितो लिलामी प्रकृयामा जाने धम्की दिन थालेको स्थानीय ऋण कारोवारीले गुनासो गरेका हुन् ।

व्यवसायिक कर्जा लिएका सयौं व्यक्तिहरूको व्यवसायिक कारोवार बन्द भएपछि चैत्र यता बैंक तथा वित्तीय संस्थाहरूको किस्ता र व्याज तिर्न नसकेपछि फोन तथा म्यासेज पठाएर ऋण तिर्न दवाव दिन थालेका हुन् ।

सरकारले बन्दाबन्दीको समय अवधिभर वित्तीय संस्थासित ऋण कारोवार गर्ने ऋणी व्यक्तिहरूको ऋण र किस्ता तिर्न समय दिनु पर्ने, हर्जना शुल्क लिनु नहुने निर्देशन जारी गरेको भए पनि नाफामुलक उद्देश्यबाट सञ्चालित निजी बैंक तथा वित्तीय संस्थाहरूले सरकारी निर्देशनको पालना गरिरहेका छैनन् । बन्दाबन्दीको अवधिमा पनि मासिक व्याज तथा किस्ता तिर्न ढिला हुने ऋणी सदस्यबाट हर्जना असुल्ने गरेको गुनासो आउन थालेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *