Sajhamanch Archive

होटल खोल्न घुस माग्ने असई रंगेहात पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

विराटनगर । लकडाउनमा होटल सञ्चालनमा अवरोध नगर्ने सर्तमा घुस माग्ने प्रहरी कनिष्ठ अधिकृत रंगेहात पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सीआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सीताराम घिमिरे चार हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले बिहीबार कटहरी गाउँपालिका वडा नं. ३ कहटरी चोकबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *