मृगौला पीडित समिर तामाङलाई सहयोग
Published: (Updated: )
by .काठमाडौं । दुवै मृगौला खराब भएका माइ नगरपालिका इलाम निवासी समिर तामाङलाई नेपाल तामाङ विद्यार्थी घेदुङ झापाले सहयोग रकम हस्तान्तरण गरेको छ ।
घेदुङको केन्द्रिय कार्यालय चुच्चेपाटीको सभाहलमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय कार्यसमितिका महासचिव महित कुमार घिसिङले समिर तामाङलाई ५२ हजार ५७ रुपैंया हस्तान्तरण गरेका हुन् ।
उक्त रकम विद्यार्थी घेदुङ झापा र दमक नगर घेदुङको संयुक्त पहलमा झापाको दमक बजारबाट स्वेच्छाले संकलन गरिएको थियो ।
कार्यक्रममा घेदुङका संघीय कार्यसमितिका महासचिव महित कुमार घिसिङ, समिर तामाङ, समिर तामाङका बुवा सन्तोष तामाङ, दमक नगर घेदुङ सदस्य धनमाया मोक्तान, विद्यार्थी घेदुङ झापाका अध्यक्ष निमा गोले, निवर्तमान अध्यक्ष हैकम घिसिङ लगायतको उपस्थिति रहेको थियो ।
साथै सोही कार्यक्रममा समिर तामाङका लागि अमेरिकाबाट व्यक्तिगत रुपमा प्राप्त भएको सहयोग रकम रु ४० हजार ६ सय पचपन्न पनि दमक नगर घेदुङ सदस्य धनमाया मोक्तानले हस्तान्तरण गरेका थिए ।
Comments