Sajhamanch Archive

इलाममा कोरोना संक्रमितको संख्या दुई पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

इलाम । इलाममा कोरोना संक्रमितको संख्या दुई जनाका पुगेको छ । सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारेन्टिनमा रहेका १८ वर्षे युवकमा कोरना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

गत २६ गते ४६ जनाको स्वाब नमुना संकलन गरी कोसी अस्पताल पठाइएकामा यही नगरपालिका स्थायी घर भएका एकजनाको पोलिमर चेन्ज रियाक्सन (पिसिआर) पोजिटिभ आएको नगरपालिकाका प्रवक्ता पेमाउग्येन लामाले जानकारी दिए ।

भारतको सिलिगुडी बस्ने ती युवक झापाको काँकडभिट्टा नाका हुँदै क्वारेन्टिन ल्याइएका थिए । कोरोना पुष्टि भएपछि उनलाई मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको भवनमा रहेको आइसोलेसन पठाइएको नगरले जनाएको छ । यसअघि सूर्योदय नपा नै घर भएपनि भारतमा काम गरी फर्केका २६ वर्षे युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *