Sajhamanch Archive

ट्रक दुर्घटनामा चालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

विराटनगर । सोलुखुम्बु दुधकुण्ड–८ शिकारी डाँडास्थित सडकखण्डमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ना २ ख ८८४३ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी तीनसय मिटर तल खस्दा दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी उदयपुर कटारी–४ सिम्लेका ३५ वर्षीय कुमार परियारको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको थियो ।

यता, मोरङ धनपालथान–७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ वर्षीय खालिद हुसेन मृत अवस्थामा फेला परेका छन् । घरमा कसैलाई नसोधी हिँडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *