Sajhamanch Archive

कांग्रेसले बोलायो संसदीय दलको बैठक

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संविधान संशोधन विधेयक आज संसदबाट पारित गर्न लागिएकाले कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बैठक बस्ने छ । सो बैठकमा कांग्रेसले आफ्ना सांसदलाई संविधान संशोधनको पक्षमा उभिन निर्देशन जारी गर्ने नेताहरुले बताएका छन् ।

हालसम्म संसदका सबै राजनीतिक दल संविधान संशोधनको पक्षमा उभिएका छन् । उनीहरुले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेकोमा स्वागत गरेका छन् ।

नयाँ नक्सालाई नेपालको निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदैछ । संविधान संशोधन विधेयक आजको संसद बैठकबाट पारित गर्ने कार्यसूची छ ।

स्रोत  : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *