Sajhamanch Archive

गुडिरहेको मोटरसाइकलमाथि रुखको हाँगा बज्रिँदा छोरीको मृत्यु, बाबु घाइते

Published: in मिडियाबाट साभार, समाज by .

कैलाली । कञ्चनपुरमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.४ मा मोटरसाइकल दुर्घटना हुँदा दुई वर्षीया बालिका जेनिसा खड्काको मृत्यु भएको हो ।

भित्री सडकमा चलिरहेको से ६ प ३३८९ नम्बरको मोटरसाइकलमा रुखको हाँगा खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । दुर्घटनामा गम्भीर घाइते बालिकाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो ।

दुर्घटनामा परी बालिकाका बुबा ज्ञानेन्द्र खड्का गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *