Sajhamanch Archive

क्रोहन रोग : कारण, लक्षण र उपचार

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by .

क्रोहन रोग आन्द्रासँग सम्बन्धित एक इन्फ्लामेटरी समस्या हो, जसलाई क्रोनिक रोगको श्रेणीमा राखिन्छ । सामान्यत यसले ठूलो आन्द्राको सुरुवाती भाग र सानो आन्द्रलाई असर गर्छ । त्यसो त क्रोहन रोगले मान्छेको डाइजेस्टिभ ट्र्याकको कुनैपनि भाग मुखदेखि मलद्वारसम्म आफ्नो चपेटामा ल्याउन सक्छ । यो रोग क्रमस बढ्दै जान्छ । कुनै कुनै बखत यसको लक्षण सामान्य पनि हुनसक्छ ।

प्रकार

यस रोगलाई पाँच भागमा विभाजन गर्न सकिन्छ

इलोकोलाइटिस :  यो क्रोहनको आम प्रकार हो । यसमा पीडित व्यक्तिको कोलन –आन्द्राको भाग र इलियम (सानो आन्द्राको अन्तिम भाग) प्रभावित हुन्छ ।

जेजुनोइलाइटिस : यसले सामान्यत सानो आन्द्राको बीच भाग जेजुनमलाई प्रभावित बनाउँछ ।

इलाइटिस : क्रोहन रोगको यो प्रकारु इलियम (सानो आन्द्राको अन्तिम भाग) प्रभावित गर्छ ।

ग्यास्ट्रोडोडेनल क्रोहन रोग :  यसले पेट र सानो आन्द्रको सुरुवाती भागलाई प्रभावित गर्छ ।

क्रोहोन कोलाइटिस : यसले कोलोनलाई प्रभावित बनाउँछ, जुन ठूलो आन्द्रको मूख्य हिस्सा हो ।

कारण

क्रोहन रोगको कुनै स्पष्ट कारण पाइदैन ।

अटोइम्युन रिएक्सन : यस समस्यामा शरीरको रोग प्रतिरोधात्मक क्षमता स्वस्थ कोशिकालाई नष्ट गर्छ । के मानिन्छ भने पाचन तन्त्रको ब्याक्टेरिया यस्तो अटोइम्युन रिएक्सनको कारण हुनसक्छ, जसले क्रोहन रोगको समस्या ल्याउँछ ।

अनुवंशिक : के पनि मानिन्छ भने आफ्ना आमाबुवा वा परिवारमा कसैलाई यो समस्या छ भने परिवारका सदस्यमा यस्तो समस्या आउन सक्छ ।

अन्य कारण : क्रोहन रोग गर्भनिरोध चक्की, धुम्रपान आदिको कारणले पनि हुनसक्छ ।

लक्षण

यसको लक्षण एकनास छैन । आन्द्राको कुन भागमा र कति असर गरेको छ भन्ने कुरामा यसको लक्षण भर पर्छ ।

सामान्य लक्षण

–पखला लाग्नु

–पेट बाउडिनु, दुख्नु

–तौल कम हुनु

यसका साथै अन्य लक्षण

रगतको कमी

आँखा रातो हुनु

थकान

ज्वरो

जोर्नीको दुखाई

वान्ता वा भोक नलाग्नु

जोखिम बर्गमा को ?

धुम्रपान गर्ने

अपेन्डिक्सको शल्यक्रिया गरेका

गर्भनिरोधक गोली वा एन्टिबायोटिक धेरै सेवन गरेका

चिनीयुक्त वा बोसोयुक्त खानेकुरा अधिक सेवन गरेका

कुनै प्रकारका संक्रमण भएका

आन्द्रासँग सम्बन्धित कुनै समस्या भएका

यसको उपचार

यसको उपचार लक्षण र अवस्था हेरेर तीन किसिमले गरिन्छ ।

औषधिको सहयोगले

आन्द्रालाई विश्राम दिएर

शल्यक्रिया

औषधिको माध्यामबाट यसको उपचार गरिन्छ । खासगरी अमीनोसिलिटेस्, कार्टिकोस्टेराइड, इम्युनोमोडुलेटर्स आदि औषधिबाट यसको उपचार गरिन्छ ।

आन्द्रालाई आरम दिएर

यदि यस रोगको लक्षण धेरै गंभिर छैन भने आन्द्रालाई आरम दिएर पनि गर्न सकिन्छ । यसमा चिकित्सकले केही पेय पदार्थको सेवन गर्ने सल्लाह दिन्छन् । खासगरी पोषक तत्वले भरपुर पेय पदार्थ । ट्युब वा रगतको माध्यामबाट शरीरुमा पोषक तत्व दिएर आन्द्रलाई आरम दिने विधी अपनाइन्छ ।

शल्यक्रिया

क्रोहन रोगको उपचारका लागि शल्यक्रिया पनि गरिन्छ । खासगरी औषधिबाट उपचार नभएमा शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ ।

क्रोहन रोगमा आहार

सोडा वाला पेय पदार्थ सेवन गर्नु हुँदैन

उच्च फाइबरयुक्त खानेकुरा, जस्तो कि पपकर्न, नट्स खानु हुँदैन

अधिक तरल पदार्थ सेवन गर्नुपर्छ ।

एकैपटकमा धेरै नखाने

समस्या अनुसार चिकित्सकले उच्च क्यालोरी, लेक्टोस फ्रि, लो फ्याट, लो फाइबर वा लो साल्टयुक्त आहार सेवन गर्ने सल्लाह दिन सक्छन् ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *