Sajhamanch Archive

सडेको अवस्थमा महिलाको शव फेला

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

कपिलवस्तु । कपिलवस्तुको बुद्धुभुमी नगरपालिका वडा नं.९ बरकुलपुर जंगलमा एक महिला मृत अवस्थमा फेला परेकी छन् ।

गत जेठ २४ गतेबाट हराएकी सोही वडा फत्तेपुरकी ५५ वर्षिया पवित्रा थापाको शव सडेगलेको अवस्थामा फेला परेको हो । मृतकले लगाएको चप्पलले उनको परिवारले शवको पहिचान गरको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।

बायां खुट्टा जंगली जनावरले खाएजस्तो देखिएको, शव पुर्ण रुपमा सडेको थियो । मृतकको साथबाट सल्फास नामक बिसादी ५ वटा प्रयोग भएको र ५ वटा प्रयोग नभएको भेटीएको थियो । मृतकको श्रीमान १८ वर्षदेखि बेपत्ता भएपछि उनी मानसिक रोगी भएकी थिईन् । उनको २ छोरी छन् । घटना शकास्पद नदेखिएकोले स्थानीयबासीको सुझाव अनुसार मृतकको शवलाई गाडेर अन्त्यष्टी गरिएको छ ।

स्रोत : नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *