Sajhamanch Archive

पूर्वप्रेमीसँगको तस्बिरमा दीपिकाका पति रणबीरको यस्तो प्रतिक्रिया

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by .

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । लकडाउनका कारण दीपिका सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् ।

हालै उनले पूर्व प्रेमी रणवीर कपूरसँगको तस्बिर शेयर गरेकी छिन् । उनले सात वर्ष पुरानो तस्बिर शेयर गरेकी हुन् । तस्बिर फिल्म ‘ये जवानी है दीवानी’ को सिलसिलामा खिचिएको थियो । उनले यो तस्बिर फिल्मले सात वर्ष पूरा गरेको उपलक्ष्यमा शेयर गरेकी हुन् ।

उनले तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो पहिलो लुक्स टेस्ट–याद मिठाईको डब्बा जस्तै हुन्छ‘ एक पटक खोलेपछि एक टुक्रा खाएर मात्रै पुग्दैन स् नैना तलवार’

दीपिकाको उक्त तस्बिरमा पति रणबीर सिंहले प्रतिक्रिया जनाएका छन् । तस्बिरमा रणबीरले ‘क्युट’ भनेर लेखेका छन् । यसैगरी, बलिउडका डिजाइनर मनीष मल्होत्राले दिल र स्माइली इमोजी कमेन्ट गरेका छन् ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *