Sajhamanch Archive

टिपरबाट खसेर सहचालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

सिस्ने गाउँपालिका वडा नं ३ पोखरामा टिपरबाट खसेर एक जनाको मृत्यु भएको छ।

टिपरको छतबाट खस्दा टिपरको पछाडिको पाङ्ग्राले किचेर सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका– ६ का २१ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

सिस्ने– ३ को अमलाचौरमा निर्माणाधीन स्वास्थ्यचौकी भवनका लागि दाङबाट इँटा लिएर आएको चुबे ढुवानी सेवाको रा१ख १४३५ नम्बरको टिपरले पोखरामा छतबाट खसेका विकलाई किचेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए।

उनका अनुसार सहचालक विकले टिपरको छतमा बसेर तलतिर झरेका बिजुलीको तारलाई माथि बनाउने र चालकले टिपर अगाडि बढाउने गरिरहेका थिए। सोक्रममा भुइँमा खस्दा उनलाई टिपरले किचेको थियो।

चालक घोराही उपमहानगरपालिकाका ४९ वर्षका ओमप्रकाश घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *