Sajhamanch Archive

‘सुरुवात’को विमोचन

Published: (Updated: ) in टिप्स/जानकारी by .

बिर्तामोड । यमन स्टुडियो प्रालिले सोमबार बिर्तामोडमा गीता बस्नेतको एकल गायन तथा नविन चापागाईंको शब्द रहेको ‘सुरुवात’ एल्बम विमोचन गरेको छ ।

चारवटा गीत रहेको उक्त एल्बममा ‘तिम्रो नियत मै खोट रैछ’, ‘परदेशबाट आएपछि’, ‘ओएकाली ओएकाली’ गरी तीनवटा गीतमा गीताको स्वर रहेको छ ।

‘तिम्रो साथ हिंडेपछि’ बोलको गीतमा ताराविर पाण्डेसँग गीताले आवाज भरेकी छन् ।

आज आयोजित एल्वम विमोचन कार्यक्रममा संगीतकार शिवशंकर थापा, साहित्यकार देवीभक्त श्रेष्ठ, यमन स्टुडियोका प्रमुख  ताराविर पाण्डे, साहित्यकार विवश बलभद्र कोइरालालगायत गायक, संगीतकार तथा पत्रकारहरुको उपस्थिति थियो ।

झापाको अर्जुनधारा १ निवासी गायिका बस्नेतको सबै गीत उत्कृष्ट रहेको तथा एकल लगानीमा निर्माण भएको हुनाले यस्ता साहित्य सिर्जनालाई राज्यले सम्मान गर्नु जरुरी रहेको संगीतकार थापाले बताए ।

कार्यक्रममा संगीतकार थापा र पूर्वाञ्चल आइडल प्रेम आङ्देम्बेलाई नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मान समेत गरिएको थियो ।

गायिका बस्नेतको पहिलो तथा उत्कृष्ट गीत रहेको भन्दै सांगीतिककर्मीले उनलाई हौसला तथा सम्मान गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *