आगलागी हुँदा दुईवटा घर र चारवटा पसलमा क्षति
Published: (Updated: )
by .विराटनगर । सुनसरीको सदरमुकाम इनरुवामा आगलागी हुँदा दुईवटा घर र चारवटा पसलमा क्षति पुगेको छ । आइतबार बिहान हनुमान वस्त्रालयबाट सुरु भएको आगोले वस्त्रालय रहेकै घरमा रहेको पसल र सँगै रहेको हार्डवेर पसलमा क्षति पुगको हो ।
बिहान करिब ५ बजेबाट सुरु भएको आगो पाँचवटा दमकलको सहयोगले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । उनका अनुसार आगलागीको कारण र क्षतिको विवरण खुलिसकेको छैन । ठूला पसल र घरमा आलागी भएका कारण क्षतिको विवरण आउन केही समय लाग्ने उनले बताए ।
वराहक्षेत्र, दुहवी, इटहरी, धरान, सुन्दरहरैचा, विराटगनरका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
स्रोत : अनलाइनखबर
Comments