Sajhamanch Archive

प्रधानमन्त्री ओलीलाई युवाले पठाए अदुवा र बेसार उपहार

Published: in मिडियाबाट साभार, समाज by .

सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटी पावर बढाउन भन्दै सप्तरीका युवाले लसुन, अदुवा र बेसार उपहार स्वरुप पठाएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्न जनतालाई इम्युनिटी बढाउन अदुवा, बेसार र लसुन खान प्रेरित गरेकाले प्रधानमन्त्रीलाई यो सामग्री पठाइएको युवा सुनिता कुमारी साहले बताइन् ।

उनीसहितका युवाले प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत अदुवा, लसुन र बेसार आधा/आधा किलो पठाएका छन् ।

‘कोरोना महामारीका बीच जनतामा सन्त्रास फैलिरहेको बेला प्रधानमन्त्रीले यी खाने कुरा खान प्रेरित गर्नुभएको छ,’ साहले भनिन्, ‘यदी यी वस्तुबाट इम्युनिटी बढ्ने हो भने प्रधानमन्त्रीज्यूको स्वास्थ्य लाभको कामना गर्दै यो सामग्री पठाएका हौं ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *