Sajhamanch Archive

प्रदेश १ मा झापाका एकसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । आइतबार प्रदेश १ मा थप २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २५ जना मोरङका रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार नै झापा र सुनसरीमा पनि एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा मोरङको रतुवामाई नगरपालिका वडा नं. ८ सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका २५ जना र झापाको गौरीगञ्ज गाउँपालिकामा एक जना र सुनसरीको रामधुनी नगरपालिकामा एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ सय ७१ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *