प्रहरी चौकीलाई उद्धार सामाग्री प्रदान
Published:
by .कमल । झापाको कमल गाउँपालिकाले विपद् व्यवस्थापन गर्नका लागि चाहिने सामाग्री वितरण गरेको छ । गाउँपालिकाले केर्खा प्रहरी चौकी, क्याम्पा प्रहरी चौकीलाई उद्धार सामाग्री वितरण गरेको हो ।
उद्धार सामाग्री गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले र प्रमुख प्रशासकीय अधृकृत युवराज ढकालले संयुक्त रुपमा प्रदान गरेका थिए ।
वितरण गरिएको उद्धार सामाग्रीमा १० थान लाइफ ज्याकेट, ४ थान गैती, ४ थान बेल्चा, २ थान बन्चरो, २ थान हम्बर, २ थान फलामको झम्पल, २ थान प्लाष्टिकको डोरी रहेको छ ।
सामाग्री केर्खा प्रहरी चौकीका इन्चार्ज उक्तम कार्की र क्याम्पा प्रहरी चौकीका इन्चार्ज दुर्गा लिम्बुलाई हस्तान्तरण गरिएको गाउँपाकिाले जनाएको छ ।
Comments