Sajhamanch Archive

अर्जुनधाराको कालीझोडामा कोरोना रोकथामका लागि चेतनामुलक कार्य

Published: in समाज, स्थानीय तह by .

अर्जुनधारा । कोभिड–१९ संक्रमण नियन्त्रण समिति अर्जुनधारा १० कालिझोडाले समितिले गरिरहेको कार्यहरुको समीक्षा गरेको छ । दुई साताअघि गठन भएको समितिले गर्दै आएको विभिन्न चेतनामूलक कार्यक्रमहरुको समीक्षा गरेको हो ।

दैनिकजसो स्वास्थ्य सामग्री वितरणसहित घरदैलो कार्यक्रम गर्दै आएको समितिले जेठ २५ गते मनकामना अस्पताल चारआलीका डाक्टर दिलीपकुमार यादवको सहजीकरणमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमबाट कोरोना महामारीको चेतनाको स्तरबाट टाढा रहेका कालिझोडाबासी लाभान्वित बनेको भन्दै समितिले कार्यक्रमका लागि सहयोग पुर्याउने सम्पूर्णमा धन्यबाद दिएको छ ।

कार्यक्रमलाई प्रत्यक्ष सहयोग गर्ने वडाअध्यक्ष बलदेव गोम्देन, वडा कार्यालय र अन्य सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको हो । हालको संकटग्रस्त अवस्थामा समितिले समाजमा भएका बिसङ्गती, विकृती तथा कोरोना नियन्त्रण कार्यमा सक्रियतापूर्वक कार्य गरिरहेको र आगामी दिनमा वडाको सुरक्षाका निम्तिथप सक्रिय रहने संयोजक खगेन्द्र सुबेदीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *