Sajhamanch Archive

बार्सिलोनालाई पछ्याउँदै रियल मड्रिड

Published: in खेलकुद by .

एजेन्सी । स्पानिस ला लिगामा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले आइबरलाई पराजित गर्दै शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाएको छ ।

क्लबको युथ टिमको मैदान डे स्टाफानोमा भएको खेलमा रियलले आइबरलाई ३-१ ले हरायो । रियलले पहिलो हाफमै ३ गोल गरेको हो ।

खेलको चौथो मिनेटमै टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा कप्तान सर्गियो रामोसले गोल गर्दै अग्रता दोब्बर पारे । ३७औं मिनेटमा मार्सेलोले गोल गरेपछि रियलले ३-० को अग्रता बनायो ।

आइबरका लागि दोस्रो हाफमा पेड्रो बिगासले एक सान्त्वना गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नाबेउ पुनर्निर्माणको क्रममा रहेकाले रियलले होम म्याच युथ टिम कास्टिलाको मैदानमा खेलेको हो ।

जितपछि रियलले २८ खेलबाट ५९ अंक जोडेको छ, शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी २ मा झारेको छ । समान खेलबाट लिग लिडर बार्सिलोनाको ६१ अंक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *