Sajhamanch Archive

भियतनामले कसरी कोरोनालाई हरायो ?

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

चीनसँगको लामो सीमा र ९.७ करोड जनसंख्या भएको भियतनामा कोरोना संक्रमितको संख्या ३३० देखिएको छ भने एकजनाको पनि मृत्यु भएको छैन ।

भियतनामले आखिर के गर्यो र, जसका कारण भाइरल फैलन पाएन ?

विशेषज्ञका अनुसार भियतनामले संक्रमणमाथि नियन्त्रण पाउनका लागि थोरै समय पायो र उसले त्यसको भरपुर प्रयोग गर्यो ।

भियतनामले संक्रमण नियन्त्रणमा लिनका लागि आवश्यक कदम तत्काल उठायो जुन लागू गर्न थुप्रै देशलाई महिनौं लाग्यो । यात्रा प्रतिबन्ध, चीनसँगको सीमामाथि नजिकको निगरानी गर्नुका साथै सीमा र अन्य स्थानमा चेकिङको सुविधा बढाउने काम तीब्र रुपमा बढायो ।

मार्चको मध्यसम्म भियतनामले अन्य देशबाट आउने र उनीहरुको सम्पर्कमा आएका सबैलाई १४ दिनका लागि क्वारेन्टिन सेन्टरमा पठाइरहेको थियो ।

यो लागू गर्न त्यहाँको सरकारले अत्यधिक मिहिनेत गर्नुपरेको थियो । विशेषज्ञका अनुसार अन्य देशले यहाँको सिको गर्नका लागि अब धेरै ढिला भइसकेको छ ।

स्रातेः बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *