Sajhamanch Archive

प्रदेश १ बाट थप १५ जना कोरोना संक्रमित डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ बाट थप १५ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन ।

सोमबार विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आइतबार डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा ४ जना झापाका, २ जना मोरङ र २ जना संखुवासभाका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार अस्पतालमा उपचारत ७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

प्रदेश १ बाट कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ सय ८१ पुगेको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *