Sajhamanch Archive

झापाबाट अबैध सामान बरामद

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

झापा । भारतबाट लुकाइछिपाइ ल्याउदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।

सोमबार दिउँसो झापाको कचनकवल गाउँपालिका वडा नं.५ पाठामारीबाट विशेष सुराकीको आधारमा जि.प्र.का. झापाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपाल तर्फ भन्सार छली गरेर लादै गरेको बिंडी, सुर्ती, चियापती, अण्डरवेयर, भेष्ट, चिनी, खाने तेल र रजनीगन्धा बरामद गरेको हो ।

दुई लाख मूल्य बराबरको सामान बरामद भएको र आवश्यक कारबाहीको लागि ती सामान भद्रपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *